चितवनमा कार दुर्घटना हुँदा ३ जना घाइते


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१, भतेरी जङ्गलमा आज कारले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०१–०३३ च २६२७ नम्बरको कारले दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घाइते हुनेहरूमा कास्की, पोखरा महानगरपालिका–११ का ३६ वर्षीय राजु आचार्य तथा गोरखा, भीमसेन थापा गाउँपालिका–१ का ५६ वर्षीय खड्गप्रसाद पौडेल र उहाँकी श्रीमती ४५ वर्षीया रेखाकुमारी पौडेल रहेका छन् ।
घाइतेहरूको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
प्रहरीले कार चालक धनुषा, मिथिला बिहारी नगरपालिका–१० का ३७ वर्षीय रामनारायण यादवलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
Facebook Comments