प्रधानमन्त्री कार्कीद्वारा विपद् परिषद् बैठक आह्वान


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अविरल वर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिको समीक्षा र व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छिन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार, बैठक मंगलबार बिहान ११ः३० बजे बस्नेछ ।
परिषद् बैठकले राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढी पहिरोबाट क्षति भएका संरचनाको पुनर्निर्माण, र अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायतका विषयमा महत्त्वपूर्ण निर्णय गर्नेछ ।
हालसम्म बाढी र पहिरोका कारण ४५ जनाको मृत्यु भएको, ६ जना बेपत्ता र २४ जना घाइतेको उपचार भइरहेको भट्टले जानकारी दिए ।
प्रशासन कार्यालयको समन्वयमा घाइतेको निशुल्क उपचार र पीडित परिवारलाई खाद्यान्न लगायतका व्यवस्था भइरहेको छ ।
Facebook Comments