रोशी खोलाले बगाएर काभ्रेमा एक महिलाको मृ*त्यु

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e37d39a00dc.jfif

काठमाडौं । काभ्रेमा रोशी खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ ।

रोशी खोलामा आएको बाढीले खेत बगाए नबगाएको हेर्न जाँदा खोला तर्ने क्रममा तेमाल–८ की ५७ वर्षीया ल्होमो तामाङ लाई बगाएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

तामाङको शव स्थानीयहरूले खोलाबाट निकालेर सर्जमिन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

हिजो (आइतबार) मात्रै पनि काभ्रेको रोशीमै सुक्खा पहिरोसँगै आएको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको थियो ।


Facebook Comments