निर्वाचनमा सक्रियतासाथ भाग लिन्छाैं : संयोजक दाहाल

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e3877a46f4a.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने निर्णय गरेको छ । सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने, हामीले चुनावमा जाने निर्णय गरेका छौँ। हामी घोषित मितिमा चुनाव हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा छौँ ।

उनले माओवादी केन्द्र सक्रियतासाथ निर्वाचनमा भाग लिने बताउँदै अन्य राजनीतिक दलहरूसँग पनि यस विषयमा छलफल भइरहेको जानकारी दिए ।


Facebook Comments