प्रधानमन्त्रीले आज राजनीतिक दलहरुसँग छलफल गर्दै, ठूला दलबाट दोस्रो तहका नेताहरू सहभागी हुने


काठमाडौँ । अगामी निर्वाचनको तयारीका विषयमा आज प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरूसँग छलफल गर्दैछिन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न ४ बजे बालुवाटारमा दलका प्रतिनिधिहरुसँग छलफल गर्न लागेकी हुन् ।
छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको छ ।
नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् । कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डाक्टर प्रकाश शरण महत सहभागी हुने तय भएको छ ।
माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुने बताइएको छ ।
Facebook Comments