‘जेन–जी भावना बचाऔं’ नारासहित माइतीघरमा प्रदर्शन
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको सम्झना गर्दै र समूहलाई एकताबद्ध हुन आह्वान गर्दै आज माइतीघर मण्डलामा ’जेन–जेड युनाइटेड’ को नामबाट प्रदर्शन भएको छ ।
प्रदर्शनमा बालबालिका र शहीद परिवारका सदस्यहरू पनि सहभागी थिए । प्रदर्शनकारीहरूले ’राष्ट्र पहिला, अहंकार पछि’, ’देश दुख्दा मौन नबसौं, एक हौं’ र ’शहीदहरूको रगत नबिर्स’ लगायतका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनस्थलमा राखिएको ब्यानरमा जेनजी आन्दोलनको नाममा बदनाम, लुटपाट र पार्टी खोल्ने कार्य भइरहेको भन्दै जेनजी भावना बचाउन र शहीदका सपना पूरा गर्न एकजुट हुनैपर्ने उल्लेख गरिएको छ ।
ब्यानरमार्फत ’सरकार पनि जेनजीहरूको हो’ भन्दै सबै जेनजीलाई एक हुन सहयोग गर्न पनि आह्वान गरिएको छ ।
Facebook Comments