आ*त्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृ*त्यु
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । आत्मदाहको प्रयास गरेर गम्भीर घाइते भएकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शुक्रबार बिहान साढे ८ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा पौडेलको निधन भएको हो ।
गत शनिबार गायिका पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी थिइन् ।
यो घटनाको सम्बन्धमा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई सोधपुछका लागि बोलाएको थियो ।
एसपी भट्टराईका अनुसार गिरी अहिले पनि प्रहरीकै सम्पर्कमा रहे पनि उनीविरुद्ध भने कुनै जाहेरी (उजुरी) परेको छैन ।
Facebook Comments