विवादपछि सन्दीपले भने– ‘घृणा नफैलाऔं, सबैलाई सम्मान गरौं’

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68fb6a032f3ef.jpg

काठमाडौं । राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध भइरहेका टीकाटिप्पणी र प्रतिक्रियाप्रति घृणा तथा नकारात्मकता नफैलाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘‘तपाईंहरू सबैले देखाउनुभएको माया र साथप्रति म साँच्चै आभारी छु । यसले मलाई धेरै ठूलो अर्थ राख्छ ।’

उनले जे भयो, त्यो कुनै पनि हिसाबले सहनीय नभएको बताउँदै धेरैले कडा प्रतिक्रिया वा रिस व्यक्त गर्नुको कारण आफूले राम्ररी बुझेको स्पष्ट पारेका छन् ।

लामिछानेले सबै कुरालाई शान्त र सम्मानजनक तरिकाले समाधान गर्नुपर्ने बताउँदै भने, ‘कृपया, कोही कसैप्रति पनि घृणा वा नकारात्मकता नफैलाऔँ । वास्तवमा, कोही पनि यसको हकदार हुँदैन ।’

लामिछानेले आफ्ना कानूनी सल्लाहकारले सबै कुरा हेरिरहेको जानकारी दिए । उनी हाल दुबईमा भइरहेको क्रिकेट विश्वकप लिग २ का खेलहरूमा केन्द्रित छन् । उनले आफू स्वदेश फर्केपछि यस विषयमा विस्तृत रूपमा सम्बोधन गर्ने पनि बताए ।

यसअघि लामिछानेले प्याराडाइम टिभिको कार्यक्रममा आफ्नो चरित्र हत्या गरिएको भन्दै इन्फुएन्सरहरूलाई आफ्नो सीमा नाघ्ने हिम्मत नगर्न चेतावनी दिएका थिए । त्यसपछि सन्दीपका समर्थकहरूले इन्फुएन्सरलाई सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेका थिए ।

 


Facebook Comments