हेटौंडामा यसरी गरियो छठको समापन (तस्बिरहरु)
हेटौंडा । चार दिनसम्म मनाइने महान् छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती खोलाको तटमा हजारौं भक्तजनहरू बिहानैदेखि पूजा–अर्चनामा सहभागी भएका थिए । अस्ताउँदो सूर्यलाई अर्घ दिएर सोमबारको साँझबाट आरम्भ भएको छठ अन्तिम दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै सम्पन्न भएको हो ।
महिलाहरू उपवास बस्दै नुहाई–धुवाई, खरना र सन्ध्या अर्घ गरी बिहानको अर्घसम्म निराहार व्रत बसेका थिए । व्रतालु महिलाहरूले सूर्यदेव र छठी माईको आराधना गरी परिवारको सुख–शान्ति, दीर्घायु र समृद्धिको कामना गरेका थिए ।
छठ घाटका लागि राप्ती खोलाको किनारमा सजावट गरिएको थियो भने सुरक्षा व्यवस्थामा प्रहरी र स्थानीय स्वयंसेवकहरू खटिएका थिए । भक्तजनहरूले गीत, भजन र पारम्परिक विधिबाट नदी किनारमा उल्लासपूर्वक छठ पर्व मनाएका थिए ।
Facebook Comments