देउवा दम्पती सिंगापुर विमानस्थलमा ह्विलचेयरमा देखिए, काठमाडौंबाट हिँडेरै पुगेका थिए एयरपोर्ट
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर पुगेका छन् । देउवा दम्पती गए राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुरतिर लागेका थिए ।
उनीहरूलाई सिंगापुरको चाङ्गी विमानस्थलबाट ह्वील चियरमा राखेर अस्पतालतर्फ लगिएको छ । उनीहरू काठमाडौंको विमानस्थलबाट भने हिँड्दै बिदा भएका थिए ।
गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि आफ्नै निवास बूढानीलकण्ठमा कुटपिट भएको थियो भने घरमा आगजनी भएको थियो ।
Facebook Comments