प्रधानमन्त्रीकाे सचिवाल भन्छ– गृहमन्त्रीलाई हटाउने निर्णय दबाबमा हुँदैन

अफवाह नफैलाउन आग्रह

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/omprakash-aryal.jfif

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको भन्ने समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले यसको खण्डन गरेको छ ।

प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री हटाउने निर्णय नहुने स्पष्ट पारेको छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको प्रेस नोटमा भनिएको छ, “कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकार क्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन।”

विज्ञप्तिमा गृहमन्त्री अर्याल असामान्य परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी वहन गर्दै आगामी निर्वाचनका लागि वातावरण निर्माण, शान्ति–सुरक्षा कायम राख्ने र सुरक्षा निकायको मनोबल उच्च राख्ने कार्यमा सक्रिय रहेको उल्लेख गरिएको छ ।

श्रेष्ठले संवेदनशील परिस्थितिमा अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरेका छन् ।


Facebook Comments