अन्नपूर्ण आधार शिविरबाट सशस्त्र प्रहरीद्वारा १६२ पर्यटकको उद्धार
हिमपातका कारण परेका थिए अलपत्र
मेयरसाप डेस्क
|
७ घण्टा अगाडि
काठमाडौं । म्याग्दी जिल्लाको अन्नपूर्ण आधार शिविर (एबिसी) बाट सशस्त्र प्रहरी बलको टोलीले तीन दिनको अवधिमा १ सय ६२ जना पर्यटकको सफलतापूर्वक उद्धार गरेको छ ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, उद्धार गरिएकाहरूमा १७ जना विदेशी पर्यटक सहित आन्तरिक पर्यटक थिए । कात्तिक ११ गतेदेखि खटिएको सशस्त्रको टोलीले आज बिहानसम्म सबै पर्यटकलाई सुरक्षित स्थानमा ल्याइसकेको छ ।
डीएसपी थापाले अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा बाक्लो हिमपातका कारण हिम पहिरो आइरहेको र अहिले उक्त क्षेत्रमा कुनै पनि पर्यटक नरहेको जानकारी दिए । बाक्लो हिमपातका कारण बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरूलाई डोरीको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको थियो ।
उद्धार गरिएका केही व्यक्तिमा श्वासप्रश्वास लगायतका स्वास्थ्य समस्या देखिए पनि ठूलो खतरा नभएको प्रहरीले जनाएको छ । उद्धार गरिएका पर्यटकहरूलाई गुफाफाँट, सादिखर्क लगायतका हिमपात नभएको स्थानसम्म सुरक्षित रूपमा पुर्याइएको छ ।
Facebook Comments