गुण्डागर्दीमा संलग्न 'सानुभाइ' ७ हजार धरौटीमा रिहा
 मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ३ घण्टा अगाडि
                मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ३ घण्टा अगाडि
                             
                                                            काठमाडौं । गुण्डागर्दी गतिविधिमा संलग्न भनिएका युवराज गुरुङ उर्फ सानुभाइ अदालतको आदेशपछि धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले दिएको आदेशअनुसार उनले सात हजार रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका हुन् ।
उनलाई जेनजी प्रदर्शनपछि व्यवसायीहरूलाई ’धम्क्याएको’ आरोपमा प्रहरीले असोज १९ गते टोखाबाट पक्राउ गरेको थियो । नुवाकोट घर भई टोखामा बस्दै आएका ३३ वर्षीय सानुभाइको यो सातौँ पटकको पक्राउ हो । यसअघि उनी साउन १२ गते ठमेलमा झगडा गरेको आरोपमा पनि पक्राउ परेका थिए ।
सानुभाइ प्रहरी इन्काउन्टरमा मारिएका चर्चित गुण्डा नाइके कुमार श्रेष्ठ ’घैँटे’ का सहयोगी हुन् । प्रहरी अधिकृतहरूका अनुसार ’घैँटे’ मारिएपछि उनी बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश बस्नेतले अदालतको आदेशअनुसार उनलाई थुनामुक्त गरिएको पुष्टि गरेका छन् ।
 
                         
                                             
                                             
                                             
                                             
                                             
                    
Facebook Comments