५३ दिनपछि संसदीय समिति बैठक, सरकारसँग छलफल गर्ने तयारी
मेयरसाप डेस्क
|
७ घण्टा अगाडि
काठमाडौं । जेनजी आन्दोलनका कारण लामो समयदेखि स्थगित संसदीय समितिको बैठक ५३ दिनपछि बस्न थालेको छ ।
आज राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक सिंहदरबारमा जारी रहँदा सांसदहरूले जेनजी आन्दोलनको विषयलाई प्रमुखताका साथ उठाउँदै सरकारसँग छलफल गर्नुपर्ने माग गरेका छन् ।
सांसदहरू जग प्रसाद शर्मा, राजेन्द्र लक्ष्मी गैरे, गोपी बहादुर सार्की अक्षामी लगायतले जेनजी आन्दोलन, विकास योजना कटौती र समग्र परिस्थितिबारे प्रधानमन्त्री वा गृहमन्त्रीकै उपस्थितिमा छलफल हुनुपर्नेमा जोड दिए ।
समितिका सभापति सोनाम गेल्जेन शेर्पाले सांसदहरूको मागअनुसार आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
Facebook Comments