राष्ट्रपतिसमक्ष समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
मेयरसाप डेस्क
|
१० घण्टा अगाडि
काठमाडौं । राष्ट्रिय समावेशी आयोगले आफ्नो आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक औपचारिक कार्यक्रमका बीच आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका हुन् ।
नेपालको संविधानले आयोगहरूलाई राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गर्न अनिवार्य गरेको छ । यसै संवैधानिक व्यवस्थालाई पालना गर्दै आयोगले प्रतिवेदन बुझाएको हो ।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार, नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको हो ।
यो वार्षिक प्रतिवेदनमा राष्ट्रिय समावेशी आयोगले आर्थिक वर्ष २०८१/८२ भरि समावेशी समूह तथा समुदायको हकहित र उत्थानका लागि गरेका कामहरू, सिफारिसहरू र भावी योजनाहरू समेटेको हुन्छ ।
संवैधानिक आयोगको रूपमा, यसले नेपालमा समावेशी सिद्धान्तलाई प्रवद्र्धन गर्ने र राज्यका सबै अङ्गमा समावेशीता सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
Facebook Comments