त्रिपक्षीय वार्तामा एमाले एक्लियो, अन्य दल चुनावमा जान तयार
संसद् पुनर्स्थापना एमालेको बटमलाइन
मेयरसाप डेस्क
|
८ घण्टा अगाडि
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार राति भएको राजनीतिक दल, जेनजी प्रतिनिधि र सरकारबीचको त्रिपक्षीय छलफलमा नेकपा एमाले बाहेक सबै दल र जेनजीका अधिकांश प्रतिनिधि फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन तयार भएका छन् ।
प्रधानमन्त्री कार्कीले निर्धारित मितिमै निष्पक्ष चुनाव गराउन सरकार पूर्ण तयार रहेको र शान्ति–सुरक्षाका साथै लुटिएका हतियार फिर्ता ल्याउने र फरार कैदी पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
एमाले नेता महेश बर्तौलाले भने वर्तमान सरकार निर्वाचन गराउन सक्षम नभएको दाबी गर्दै संसद् पुनस्र्थापना नै अहिलेको राजनीतिक समस्याको एकमात्र समाधान भएको अडान राखे । यद्यपि, उनले एमाले चुनावबाट नभाग्ने पनि बताए ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपा नेपाल लगायतले चुनावमै जानुपर्ने मत राखेका थिए । माओवादीले भयरहित चुनावको ग्यारेन्टी माग्यो, राप्रपाले राजा, दल र जेनजीबीच नवीन समझदारीपछि मात्र चुनावमा जानुपर्ने प्रस्ताव गरेको थियो ।
जेनजी प्रतिनिधिहरूले भ्रष्टाचारीलाई कारबाही र पार्टीमा शुद्धीकरणको माग गर्दै मिराज ढुङ्गाना बाहेक सबैले चुनाव जसरी पनि हुनुपर्छ भन्ने धारणा राखेका थिए ।
Facebook Comments