डिशहोमका ग्राहकहरूले डल्ले रेस्टुरेन्टमा विशेष छुट पाउने
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । अग्रणी डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले नेपालको लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ’डल्ले’सँग नयाँ व्यावसायिक साझेदारीको घोषणा गरेको छ ।
डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रममार्फत डिशहोमका सक्रिय ग्राहकहरूले अब डल्लेका काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट प्राप्त गर्न सक्ने जनाएको छ ।
डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन् । भने ग्राहकहरूले माइ डिशहोम एप Google Play Store मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाएर यो छुटको सुविधा लिन सक्नेछन् ।
यो साझेदारीलाई औपचारिकता दिनका लागि डल्लेका प्रबन्ध निर्देशक श्री आलोक योन्जोन र डिशहोमका डेपुटी चिफ प्रोडक्ट अफिसर श्री आदित्य भट्टराईबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
डिशहोमले यो सहकार्यलाई इन्टरनेट वा टेलिभिजन सेवामा मात्र सीमित नभई, ग्राहकको जीवनशैलीमा अतिरिक्त मूल्य, सुविधा र बचत प्रदान गर्ने आफ्नो प्रतिबद्धताको रूपमा लिएको जनाएको छ ।
Facebook Comments