माधव नेपालले अध्यक्षबाट राजीनामा दिनुपर्ने झलनाथ खनालकाे माग

भ्रष्टाचार मुद्दा लागेकोले पद छोड्नुपर्ने

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/jhalanath.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकलाई बिहीबार सम्बोधन गर्दै खनालले अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लागेको भन्दै उनले पद छोड्नुपर्ने धारणा राखेका हुन् ।

खनालले बैठकमा भनेका थिए, “हाम्रो अध्यक्षलाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको छ, उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ।”

अध्यक्ष नेपाल पतञ्जलि जग्गा प्रकरणमा मुछिएका थिए र उनी ३५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

भ्रष्टाचार मुद्दा लागेपछि अध्यक्ष नेपालले पद छोड्नुपर्ने भन्दै यसअघि पनि पार्टीका अन्य नेताहरूले दबाब दिँदै आएका थिए ।


Facebook Comments