भाषण गर्दै गर्दा जिफन्टका उपाध्यक्ष गौतमको निधन

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/gautam-sir.jpg

बुटवल । रुपन्देहीमा नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको लाइन काटेको विरोधमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गर्दा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।

उद्योगीहरूको आन्दोलनमा सहभागी गौतम बिहीबार दिउँसो भाषण गरिरहेको बेला अचानक बेहोस भई ढलेका थिए ।

उनलाई तुरुन्तै तिलोत्तमास्थित क्रिमसन अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए । एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले गौतमको निधन भएको पुष्टि गरे ।

गौतमले सम्बोधनका क्रममा सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलनमा उत्रिन आह्वान गरिरहेका थिए । बुटवल उपमहानगरपालिका–३ निवासी गौतम लामो समयदेखि जिफन्टको नेतृत्वमा सक्रिय थिए ।

हाल उनको शव क्रिमसन अस्पतालमा राखिएको छ भने उद्योगी, व्यवसायी र श्रमिक संगठनका प्रतिनिधिहरू अस्पताल परिसरमा जम्मा भएका छन् ।


Facebook Comments