जेन–जी आन्दोलनमा लुटिएको पेस्तोलसहित ५ जना पक्राउ

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/gen-z-pestol-sahit-pakrau-pestol-222.jpg

काठमाडौं । जेन–जी आन्दोलनको क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटेर बिक्री गर्ने कार्यमा संलग्न पाँच जनालाई प्रहरी वृत्त स्वयम्भूको टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ धुनिवेशीका कृष्ण गुरुङ, काठमाडौँका राजन देउला र सुमिन शाक्य, भारत सितामणिका अकबर खान र हतियार खरिद गर्ने काठमाडौं नयाँ बानेश्वरका प्रभात मल्ल छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, लुटपाटमा कृष्ण गुरुङ संलग्न थिए भने राजन देउला, अकबर खान र सुमिन शाक्य बिक्री कार्यमा संलग्न रहेको पाइएको छ ।

प्रहरीले उनीहरूबाट एक थान पेस्तोल, त्यसको म्यागजिन र १५ राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेका पाँचै जनालाई हातहतियार तथा खरखजानाको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । 


Facebook Comments