दक्षिण अफ्रिकाका पूर्व कप्तान प्लेसिस एनपीएल खेल्न आउँदै

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/fap-dupless.jpg

काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा स्टार ब्याटर फाप डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्न नेपाल आउने भएका छन् ।

अर्को महिना (मंसिर १ गतेदेखि) सुरु हुने एनपीएलका लागि उनलाई विराटनगर किंग्सले आफ्नो टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो ।

४१ वर्षीय डु प्लेसिसले दक्षिण अफ्रिकाको कप्तानको भूमिका निर्वाह गरिसकेका छन् । उनी आईपीएलमा चेन्नई सुपरकिंग्स र रोयल च्यालेन्जर्स बेंगलुरुसहित चार टोलीबाट १५४ खेल खेल्दै ४,७०० रन बनाएका अनुभवी खेलाडी हुन् ।

विराटनगर किंग्सले डु प्लेसिसअघि स्कटल्यान्डका जर्ज मुन्से र अस्ट्रेलियाका साम हिजलेटलाई पनि अनुबन्ध गरिसकेको छ । टोलीमा मार्की खेलाडी सन्दीप लामिछाने सहित लोकेश बम, प्रतिश जिसी लगायतका नेपाली खेलाडीहरू पनि छन् ।

एनपीएलको दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।


Facebook Comments