नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
१५औं महाधिवेशनको विषयमा छलफल हुने
मेयरसाप डेस्क
|
२२ घण्टा अगाडि
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । शुक्रबार स्थगित भएको बैठक आज (आइतबार) दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा १५औं महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गरेका थिए । जसका कारण बैठकमा विवाद उत्पन्न भएको थियो । आज केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्न दुई महामन्त्रीसहित शीर्ष नेताको बैठक पनि बोलाएका छन् ।
Facebook Comments