एल. डी. काजी स्मृति गोल्डकपः आज मकवानपुर एफसी र रेड पाण्डाबीच प्रतिस्पर्धा हुँदै

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/football.jfif

मकवानपुर । सिक्किमको सोरेङ जिल्लाको चाकुङमा जारी १८औं एल. डी. काजी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०२५ अन्तर्गत आजको खेलमा मकवानपुर एफसी, नेपाल र रेड पाण्डा, नामचीबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिहान ११ बजे देखि सुरु हुनेछ।  विजेता टोली क्वार्टरफाइनलमा प्रवेश गर्ने हुनाले आजको खेललाई महत्त्वपूर्ण मानिएको छ । 

मकवानपुर एफसीका प्रशिक्षक भीम लामाले टोली जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताएका छन्। उनले भने, “हामीले टिमलाई उत्कृष्ट तयारी गराएका छौं। रेड पाण्डा बलियो टोली भए पनि जित्ने आत्मविश्वासका साथ खेल्नेछौँ।”

 यसैगरी रेड पाण्डा नामचीले पनि बलियो प्रदर्शन गर्दै मकवानपुरलाई चुनौती दिने तयारी गरेको जनाएको छ।  प्रतियोगिताको विजेता टोलीले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। फाइनल खेल ९ नोभेम्बर २०२५ मा हुनेछ । 


Facebook Comments