काठमाडौंको फोहोर विसर्जनमा समस्या भएपछि मन्त्री घिसिङ बञ्चरेडाँडामा
मेयरसाप डेस्क
|
१७ घण्टा अगाडि
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि शहरी विकासमन्त्री कुलमान घिसिङ आज बिहान बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका छन् ।
धुनबेँशी नगरपालिका–१ का स्थानीय दीपेन्द्र लामाका अनुसार, २०७९ जेठ २६ मा काठमाडौं महानगरसँग भएको १८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न रोकिएको हो ।
फोहोर विसर्जन वैज्ञानिक रूपमा व्यवस्थित हुनुपर्ने र विगतका सहमतिहरू (जस्तैः फोहोर रातमा मात्र विसर्जन गर्ने, दुर्गन्ध नियन्त्रण गर्ने, लिच्चड खोलामा जान नदिने) पालना हुनुपर्ने उनीहरूको अडान छ ।
शुक्रबारदेखि स्थानीयहरूले फोहोर बोकेका गाडीलाई साइटमा जान दिएका छैनन् । माग सुनुवाइ नभएसम्म फोहोर विसर्जन गर्न नदिने स्थानीयको अडान कायमै छ ।
Facebook Comments