तानसेनमा आज सार्वजनिक बिदा

User Image मेयरसाप डेस्क | १७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/tansen-nagarpalika.jpg

काठमाडौं । तानसेन नगरपालिकाले आज (कात्तिक १६ गते) नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ । तानसेन रिडीधामस्थित ऋषिकेश मन्दिरको रथयात्रा गरिने भएकाले नगरपालिकाले स्थानीय बिदा दिएको हो ।

नगर कार्यपालिकाको गत असोज २६ गतेको बैठकले ऋषिकेश मन्दिरको महिमा बढाउन र सो क्षेत्रलाई धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित गर्न बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिए ।

सो निर्णयअनुसार आज नगरपालिका मातहतका सामुदायिक र संस्थागत विद्यालय, नगरपालिकाको कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थालगायतका सरकारी तथा सार्वजनिक संस्थाहरू बन्द रहेका छन् ।

नगरपालिकाले अत्यावश्यक सेवाहरू भने जारी नै रहने जानकारी दिएको छ ।


Facebook Comments