कांग्रेसका युवा कार्यकर्ताद्वारा केन्द्रीय कार्यालयमा तालाबन्दी
मेयरसाप डेस्क
|
१० घण्टा अगाडि
काठमाडौं । नेपाली कांग्रेसका युवा कार्यकर्ताहरूले पार्टीको नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका छन् ।
पार्टी अनिर्णयको बन्दी बनेको भन्दै युवाहरूले तालाबन्दीपछि प्रदर्शनसमेत गरेका छन् । महाधिवेशनको मिति सार्वजनिक गर्न र महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता गर्नुपर्ने उनीहरूको माग छ ।
२८ असोजदेखि पटक–पटक स्थगित हुँदै आएको केन्द्रीय समितिको बैठक आज (आइतबार) बस्दै नबसी पुनः मंगलबारका लागि सारिएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको विद्यार्थी नेता भुवन भट्टले जानकारी दिए ।
Facebook Comments