हर्क साम्पाङको पार्टीलाई निर्वाचन आयोगले दियो आधिकारिकता

उपाध्यक्षमा देवराज लामा

User Image मेयरसाप डेस्क | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/hark-party.jpg

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको ’श्रम संस्कृति पार्टी’ले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ ।

आज आइतबार पार्टी अध्यक्ष साम्पाङ स्वयं निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका हुन् । पार्टीको चुनाव चिह्न ’माटो’ राखिएको छ ।

पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी रहेका छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई र प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।

साम्पाङले गत असोज १२ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।


Facebook Comments