जेन–जी प्रदर्शनको मौका छोपेर भागेका कैदी पक्राउ
मेयरसाप डेस्क
|
१४ घण्टा अगाडि
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जेन–जी प्रदर्शनका क्रममा सुरक्षाकर्मीको हतियार लुट्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक महाभारत–१ घर भई गोकर्णेश्वर–३ मा बस्दै आएका राजा तामाङ भनिने वाङ्सु लामा छन् ।
लामाको सूचनाका आधारमा काठमाडौं–७, लाहुरे टोलस्थित एक पसलमा झोलामा लुकाएर राखिएको अवस्थामा बन्दूकको बट र नाल पनि बरामद गरिएको छ ।
पक्राउ परेका लामा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि सुन्धारा कारागारमा थिए । उनी जेन–जी आन्दोलनको मौका छोपेर कारागारबाट भागेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
लुटिएको हतियारसहित पक्राउ परेपछि उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments