जेनजी आन्दोलनमा खटिएका प्रहरी इन्चार्जलाई काठमाडौं उपत्यका नछोड्न हेडक्वार्टरको आदेश
मेयरसाप डेस्क
|
७ घण्टा अगाडि
काठमाडौं । प्रहरी मुख्यालयले भदौ २३ र २४ गते काठमाडौंमा खटिएका प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ । जेनजी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि बोलाउन सक्ने भन्दै त्यसबेला फिल्डमा खटिएका इन्चार्जलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको हो ।
जाँचबुझ आयोगले आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालमा पत्र पठाएको थियो । आयोगको पत्रका आधारमा प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र लेखी तत्कालीन इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन भनेको हो ।
जाँचबुझ आयोगले आइतबारदेखि सोधपुछ र बयान थालेको छ ।
Facebook Comments