सिन्धुलीको घ्याङ्लेख गाउँपालिका अध्यक्षले फिर्ता गरे आफूले प्रयोग गर्दै आएको सरकारी गाडी

कार्यालयका नियमित काम र आपतकालीन प्रसूति सेवाका लागि मात्र प्रयोग गर्ने

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/ghanlekh.PNG

सिन्धुली । घ्याङ्लेख गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन गाउँपालिकामा फिर्ता गरेका छन् । अध्यक्ष भोजनले गाउँपालिकाका प्रमुम प्रशासकीय अधिकृतलाई सम्बोधन गरी लेखेको पत्रमा आफूले प्रयोग गर्दै आएको बा २ झ ३६८० नम्वरको सरकारी डबल क्याप स्कार्पियो फिर्ता गरेको जानकारी गराएका हुन् ।

उनले जेनजी आन्दोनलपछिको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै उक्त गाडी कार्यालयको मातहतमा राखी कार्यालयको कामकाज तथा आपतकालीन प्रसूति सेवाको लागि मात्र प्रयोग गर्ने गरी फिर्ता गरेको उल्लेख गरेका छन् । 

गाउँपालिकाको स्रोत र सम्पत्ति जनताको सेवाका लागि प्रयोग हुनुपर्ने भएकाले आफूले सो सुविधा त्यागेको उनले बताएका छन् । 


Facebook Comments