मंसिर २७ मा एमालेले जनसभा गर्दै, महासचिव पोखरेल भन्छन्– जनता कसको साथमा छ, देखाउँछौं
जनता प्रमुख दलबाट अलग भइसके भन्ने भाष्य निर्माण गर्न खोजियाे
मेयरसाप डेस्क
|
७ घण्टा अगाडि
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा इतिहासकै सर्वाधिक ठूलो जनसभा आयोजना गर्ने जानकारी दिएका छन् । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले इतिहासकै सर्वाधिक ठूलो जनसभा गर्ने दाबी गरेका हुन् ।
उनले जेनजी आन्दोलनपछि प्रमुख राजनीतिक दलबाट जनता अलग भइसके भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसलाई गलत साबित गर्ने दाबी समेत गरेका छन् ।
‘जनता प्रमुख दलबाट अलग भइसके भन्ने अहिले जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यो गलत हो भन्ने कुरा सावित गर्ने हिसाबले जनसभा गर्न लागेका छौं ।’ महासचिव पोखरेलले भने, ‘२७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्दैछौं । हामी देखाउन चाहन्छौं, जनता कसको साथमा छ । जनता कहिले पनि हिंसा, अराजकता र लुटपाटको साथमा हुन सक्दैन ।’
यसअघि बसेको सचिपवालय बैठकले देशभरका विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्ने निर्णय गरेको थियो ।
जस अनुसार, एमालेले यही कात्तिक २२ गते देशैभरी सबै वडामा वडास्तरी जनभेला, २५ गते पालिकामा जन र्याली, २९ गते जिल्लामा जनसभा र मंसिर ६ गते उपत्यकास्तरीय र्याली तथा सभाको आयोजना गर्ने उनले जानकारी गराए ।
Facebook Comments