दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृत्यु, ८ जना बेपत्ता

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/himpahiro.jpg

काठमाडौं । रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । सोमबार बिहान साढे १० बजे गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ भने अन्य ८ जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार निधन हुनेमा एक विदेशी र दुई नेपाली छन्। घटनामा ४ जना घाइते भएका छन् । प्रतिकुल मौसमका कारण घटनास्थलमा हेलिकप्टर जान सकेको छैन। उद्धारका लागि नेपाल सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ । 

नेपाली गाइडसहित आज बिहान सो हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो । 


Facebook Comments