जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/cabinet-kartik.jpeg

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ४५ जनालाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको हो । 

राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेनजी पुस्ताद्वारा भदौ २३ र २४ गने गरिएको प्रदर्शनको क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको  सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट २२ जनाको मृत्यु भएको थियो । जेलबाट भाग्ने क्रममा १० जना कैदी बन्दीको मृत्यु भएको थियो । आन्दोलनकारीबाट ३ जना प्रहरी मारिएका थिए । अन्य ४१ जना भने लुटपाट र आगजनी तथा आफैँले लगाएको आगो सल्किएर मृत्यु भएको हुनसक्ने आशंका गरि अन्यको सूचीमा राखिएको छ।


Facebook Comments