काठमाडौं महानगरपालिकाले सुरु गर्यो लत्रिएका तार व्यवस्थापन कार्य

पहिलो चरणमा पुतलीसडक, थापाथली र बबरमहल क्षेत्रमा तार व्यवस्थापन हुँदै

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/kathmandu-mahanagar.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन सुरु गरेको छ ।

महानगरका विभिन्न भागमा लत्रिएका तारले पैदलयात्री अल्झिने, सडकसम्म लत्रिँदा सवारी दुर्घटना हुने गरेकाले व्यवस्थापन सुरु गरिएको महानगर प्रहरी बलका प्रहरी निरीक्षक रामेश्वर पौडेलले जानकारी दिए । 

पहिलो चरणमा महानगरको पुतलीसडक, थापाथली र बबरमहल क्षेत्रमा तार व्यवस्थापन भइरहेको उनले बताए।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइनका लागि राखेको खम्बामा विभिन्न इन्टरनेट कम्पनी र स्पेस टिभी नेटवर्कले तार टाँगेर अस्तव्यस्त बनाएका कारण समस्या हुने गरेको छ । ती कम्पनीले प्राधिकरणलाई तार लगेबापत शुल्क तिर्ने गरे पनि तार व्यवस्थापन गर्ने गरेका छैनन् ।


Facebook Comments