पथरी शनिश्चरे गोल्डकपः काठमाडौँलाई पराजित गर्दै पाँचथर सेमिफाइनल प्रवेश

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/football_1.jpg

पथरी । सङ्कटा क्लब काठमाडौँलाई पराजित गर्दै पाँचथर क्लब ‘अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप २०८२’ को दोस्रो चरणमा प्रवेश गरेको छ । आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा सङ्कटालाई ०–१ गोलअन्तरले हराउँदै पाँचथरले सेमिफाइनलको यात्रा तय गरेको हो ।

गोल गर्न नसक्दा गत वर्षको उपविजेता टोली सङ्कटा पहिलो खेलबाटै बाहिरिएको छ । पाँचथरले खेल अवधिभर थुपै्र गोल गर्ने मौका पाए पनि गोल गर्न भने सकेन । निकै प्रतिस्पर्धात्मक खेलमा खेलाडीबीचको झगडाले केही समय खेल अवरुद्ध भएको थियो । खेलमा दुवै टिमका चार–चार खेलाडीले पहेँलो कार्ड पाए । 

पाँचथरका लागि एकमात्र निर्णायक गोल खेल सुरु भएको दुई मिनेटमा विशाल घलानले गरे । खेलको म्यान अफ दी म्याच पाँचथरका घलान घोषित हुँदै नगद रु पाँच हजार प्राप्त गरे । भोलिको खेल न्युरोड टिम एनआरटी र झापा–११ बीच हुनेछ । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजार प्राप्त गर्नेछ । 


Facebook Comments