माओवादी र एकीकृत समाजवादीसहित ९ पार्टीबीच आज एकता घोषणा हुँदै
मेयरसाप डेस्क
|
६ घण्टा अगाडि
काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९ वाम घटकबीच आज पार्टी एकता घोषणा हुँदैछ। एकता घोषणासभा काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे हुने बताइएको छ । एकता घोषण सभाअघि भृकुटीमण्डप क्षेत्रमा जनप्रदर्शन गर्ने तयारी छ।
सभामा शीर्ष नेताले सम्बोधन गर्ने छन्। माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो । गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन् ।
एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्ने सहमति भएको छ । चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ । एकता प्रक्रियामा सहभागी हुने वाम घटकहरूबीच अबको ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति पनि भएको छ।
एकतापछि पार्टीको संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपाल रहने छन्। पार्टीको मार्गदर्शक सिद्धान्त भने मार्क्सवाद, लेलिनवाद हुने सहमति छ। मूल पार्टी एकतामा जाँदा माओवादी र एकीकृत समाजवादीका केही नेताहरू भने अलग्गिएका छन् ।
Facebook Comments