नि:शर्त एमालेमै फर्कन्छौं, हाँसेर बोल्दिए पुग्छ : किसान श्रेष्ठ
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता किसान श्रेष्ठले आफू निःशर्त रूपमा नेकपा एमालेमै फर्किन लागेको घोषणा गरेका छन् ।
उनले आज आयोजित पत्रकार सम्मेलनमा एकता वा समाहित हुनेभन्दा पनि आफूले पसिना बगाएको ‘मूल घर’ फर्किन लागेको स्पष्ट पारेका हुन् ।
“हामीलाई केही चाहिएको छैन । मूल घरमा हाँसेर बोल्दिए, सम्मानजनक व्यवहार गर्दिए पुग्छ,” नेता श्रेष्ठले भने, “हामी निःशर्त आफ्नो घर फर्किन चाहन्छौं । त्यो वातावरण बनाइदिन अनुरोध गर्न चाहान्छु ।”
उनले यो पत्रकार सम्मेलन जीवन अर्पण गरेको पार्टी नेकपा एमालेमा प्रवेश गर्ने होइन कि निःशर्त घर फर्किने सिलसिलामा आयोजना गरिएको जानकारी दिए ।
Facebook Comments