यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, कुशल मल्ललाई मौका
हारको शृंखला तोड्ने प्रयासमा
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक ओडीआई शृंखलाको अन्तिम खेलमा नेपालले घरेलु टोली यूएईविरुद्ध केहीबेरमा पहिले ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने खेलमा यूएईका कप्तान अलिशान सराफुले टस जितेर नेपाललाई पहिले ब्याटिङका लागि आमन्त्रण गरेका हुन् ।
जारी शृंखलामा लगातार तीन हार बेहोरेको नेपालका लागि आजको खेल प्रतिष्ठा जोगाउने र प्रतियोगितामा सुखद अन्त्य गर्ने अवसर हो । यसै क्रममा नेपाली टोलीमा एक परिवर्तन गरिएको छ । तीव्र गतिका बलर गुल्शन झाको स्थानमा अनुभवी अलराउन्डर कुशल मल्लले टोलीमा मौका पाएका छन् ।
नेपाल यस शृंखलामा निकै कमजोर प्रदर्शनका कारण आलोचित बनेको छ । अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो । बिहीबार भएको खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको थियो । अमेरिकासँगको अर्को खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।
आईसीसी विश्व क्रिकेट लिग २ को अंकतालिकामा नेपाल अहिले कमजोर स्थितिमा छ । अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा छ । १९ खेलमा १२ अंक जोडेर नेपाल सातौं स्थानमा छ । ८ अंक जोडेर यूएई तालिकाको पुछारमा छ ।
लगातारको खराब प्रदर्शनका बीच आजको खेलमा नेपाल उच्च मनोबलका साथ ब्याटिङ गर्दै यूएईलाई ठूलो लक्ष्य दिएर शृंखलामा पहिलो जित निकाल्ने प्रयासमा रहेको छ ।
Facebook Comments