प्रतितोला ११ सय रुपैयाँले घट्यो सुनकाे मूल्य
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । स्थानीय बजारमा आज सुनको भाउमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको छ ।
सुन प्रतितोला दुई लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन तोलाको दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार चाँदी तीन हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने अहिले सुन प्रतिऔंस तीन हजार ९ सय ७४ अमेरिकी डलर मा कारोबार भइरहेको छ ।
Facebook Comments