एकीकृत समाजवादीसँगको अध्याय सकिएको झाँक्रीकाे घोषणा
एकतामा सहभागी नभएका नेताहरू एमालेतिर
मेयरसाप डेस्क
|
६ घण्टा अगाडि
काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) की नेतृ रामकुमारी झाँक्रीले माओवादी केन्द्रसहितका ९ दलबीच हुन लागेको एकताको पूर्वसन्ध्यामा उक्त पार्टीसँगको आफ्नो राजनीतिक यात्रा टुङ्गिएको घोषणा गरेकी छन् ।
आज (बुधबार) दिउँसो १ बजेबाट एकीकृत समाजवादी विघटन हुने भएसँगै पत्रकार सम्मेलनमार्फत नेतृ झाँक्रीले भनिन्, ‘उक्त पार्टीसँगको यात्रा र अध्याय सकियो । अहिले यो हाम्रो ’पज’ (विराम) को अवस्था हो ।’
माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतको एकताबाट बन्ने नयाँ पार्टी नेपाली कम्युनिस्ट पार्टीले पनि एमाले–माओवादी मिलेर नेकपा बन्दाझैँ ‘लोकतन्त्र नासिने’ उनले ठोकुवा गरिन् ।
उनले जेन–जी आन्दोलनपछि दलहरूमाथि प्रश्न उठेको भन्दै लोकतन्त्रको प्रत्याभूति र शान्ति सुरक्षाका लागि राजनीतिक दलहरूलाई नै जिम्मेवार बनाउनुपर्ने जिकिर गरिन् ।
एकतामा सहभागी नभएका झाँक्रीसहित एकीकृत समाजवादीका केही नेताहरू नेकपा एमाले प्रवेशको तयारीमा रहेका छन् ।
Facebook Comments