जेनजी आन्दोलनमा सुरक्षाकर्मीबाट लुटिएको ३ थान ह*तियारसहित पठाओ चालक पक्राउ

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/68bab62921a46.jpg

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–११ बाट भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीबाट लुटिएको ३ थान हतियारसहित एक जना  पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलाली टिकापुर– १ का शिवराज धमला रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले धमलालाई स्वचालित इन्सास हतियार, सर्टगन र पेस्तोलसहित बुधबार पक्राउ गरेको हो । उनले सुरुमा पेस्तोल विक्री गर्न खोजेका थिए। अपरिचित भेषमा ग्राहक बनेर गएको प्रहरी टोलीले धमलालाई पक्राउ परेको हो । 

त्यसपछि उनको कोठामा पनि खानतलासी गर्दा स्वचालित इन्सास हतियार र सर्टगन बरामद गरेको प्रहरीले जानकारी दिएको छ।  उनी पठाओ चालक रहेको खुलेको छ । उनीसँग थप सोधपुछ र अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले बताए। 

 


Facebook Comments