सुरक्षा निकायमाथि ड्रोन खसाल्ने अभिव्यक्ति दिएका भुसाललाई ५ दिन हिरासतमा राख्न अनुमति

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/nicholous-bhusal-ksxguakg0f-hk7ta4nb3a.jpg

काठमाडौं । सुरक्षा निकायमाथि ड्रोन खसाल्ने अभिव्यक्ति दिने एवं अफवाह फैलाएको आरोपमा पक्राउ परेका निकोलश भुसाललाई प्रहरीले अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको छ ।

सार्वजनिक शान्तिमा खलबल्याउने अभिव्यक्ति दिएको भन्दै उनीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २ अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको हो ।

उनलाई मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाको रानीवनको आश्रममा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो। त्यसअघि उनले टिकटकमा लाइभ आएर आफू मृगस्थलीमा रहेको बताएका थिए।

पक्राउपछि उनलाई काठमाडौँ  ल्याएर बुधबार म्याद थपका लागि प्रशासन लगिएको थियो। यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


Facebook Comments