माग गरेको विवरण दिन आनाकानी गरेको भन्दै जाँचबुझ आयोगले आईजीपीसँग सोध्यो स्पष्टीकरण

रवि लामिछानेसँग लियो ६ घण्टा बयान

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/chandra-kuber-khapung-igp1.jpg

काठमाडौं । जेनजी आन्दोलनको जाँचबुझ गर्न गठन भएको आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेको छ । आयोगले बुधबार आईजीपी खापुङलाई आन्दोलनमा खटिएका प्रहरीको विवरण दिन आनाकानी गरेका कारण स्पष्टीकरण सोधेको हो ।

माग गरेको विवरण उपलब्ध नगराएको आरोपमा आयोगले ‘तपाईंलाई किन कारवाहीको सिफारिस नगर्ने ?’ भनी स्पष्टीकरण सोधेको हो ।  आयोगले तीन सातादेखि जेनजी आन्देलनमा खटिएका प्रहरीहरूको विवरण मगाएको थियो ।

जवाफमा प्रहरी मुख्यालयले त्यो दिन आईजीदेखि प्रहरी जवान फिल्डमै रहेको जवाफ दिएको थियो । यद्यपि प्रहरीले बुधवार ढिलो गरी आन्दोलनमा खटिएका कर्मचारीको विवरण पठाएको छ । बिहीबार बिहानबाट सम्बद्ध प्रहरी कर्मचारीको बयान लिइने आयोग स्रोतले जनाएको छ ।

यसैगरी आयोगले आजै  रास्वपा सभापति रवि लामिछानेसँग ६ घण्टा बयान लिएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते रवि कारागारमुक्त भएपछि देशभरका कारागारबाट कैदीबन्दी भागेका थिए । आयोगले लामिछानेलाई उक्त घटनाका सम्पूर्ण प्रमाण सहित उपस्थित हुन भनेको थियो । 


Facebook Comments