हङकङ सिक्सेस: नेपाल अफगानिस्तानसँग १७ रनले पराजित
सन्दीप जोराको आक्रामक अर्धशतक
मेयरसाप डेस्क
|
१९ घण्टा अगाडि
काठमाडौं । हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग १७ रनको हार बेहोरेको छ ।
जितका लागि नेपालका सन्दीप जोराले विस्फोटक ब्याटिङ गर्दै १४ बलमै अर्धशतक प्रहार गरे पनि त्यो टोलीलाई जित दिलाउन पर्याप्त भएन ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा ५ विकेट गुमाएर ११२ रनको विशाल योगफल खडा गरेको थियो । अफगानिस्तानका लागि करिम जनातले सर्वाधिक ३५ रन बनाएका थिए ।
नेपाली बलरमध्ये रसिद खानले ह्याट्रिकसहित उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए भने लोकेश बमले १ विकेट हात पारेका थिए ।
एक सय १३ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । नेपालको हारमा सन्दीप जोराको प्रदर्शन भने उच्च रह्यो ।
Facebook Comments