जनार्दन–घनश्याम र विप्लवबीच हरिसिद्धीमा भेटवार्ता
राजनीतिक निकासमा गहन छलफल
मेयरसाप डेस्क
|
१४ घण्टा अगाडि
काठमाडौं । नेपालको वामपन्थी राजनीतिक वृत्तमा सक्रिय तीन प्रमुख नेताहरूबीच आज (शुक्रबार) बिहान ललितपुरको हरिसिद्धीमा महत्त्वपूर्ण भेटवार्ता भएको छ ।
नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल नेकपाका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’लाई भेट्न उनकै निवास पुगेका हुन् ।
स्रोतकाअनुसार, अहिले नेतात्रयबीच देशको समसामयिक राजनीतिक अवस्था, वाम एकताको सम्भावना र वैकल्पिक राजनीतिक निकास लगायतका विषयमा गहन छलफल भइरहेको छ ।
हालै विभिन्न १० वाम दल तथा समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्ने तयारी भइरहेको र जेन–जी आन्दोलनपछि वामपन्थी शक्तिहरूले सर्वपक्षीय अन्तरिम सरकारको माग गरिरहेका सन्दर्भमा यो भेटलाई अर्थपूर्ण मानिएको छ ।
Facebook Comments