ज्ञानेन्द्रको शासनविरुद्ध संघर्ष गरेको एमाले २ दिने अराजकतासँग झुक्दैन : ओली
सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २१ गते ०१:४१
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक, प्रतिगामी र संविधान मिचुवा भएको आरोप लगाएका छन् ।
एमालेको अन्तरसंवाद कार्यक्रममा बोल्दै ओलीले कार्की संविधानले नमिल्ने पद प्रधानमन्त्रीमा आफैंले संविधान मिचेर आएको दाबी गरेका हुन् । उनले उक्त सरकार ‘डिस्कर्डबाट भोटिङ गरेर’ हाहुको भरमा बनेको भन्दै सभ्य समाजमा यो स्वीकार्य नहुने टिप्पणी गरे ।
ओलीले भदौ २४ गतेको आगजनी, तोडफोड र अराजकताको बलमा यो सरकार बनेको भन्दै यसको वैरभाव लोकतन्त्र, संविधान र लोकतान्त्रिक प्रणालीसँग रहेको बताए ।
राजतन्त्रको प्रतिगमन देखिने भए पनि अहिलेका प्रतिगमनकारी अदृश्य र कुनै ग्राउन्ड नभएका रहेको उनको तर्क छ । ओलीले ज्ञानेन्द्रको शासनविरुद्ध संघर्ष गरेर आएको एमाले यो २ दिने अराजकतासँग नझुक्ने स्पष्ट पारे ।
Facebook Comments