मधेसमा राप्रपाबाट मन्त्री बनेकी कञ्चन बिच्छालाई तत्काल फिर्ता हुन अध्यक्ष लिङ्देनको निर्देशन

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २४ गते १९:१४
Image of https://mayorsap.com/storage/photos/shares/Rajendra-lingden-president-RPP.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिएका छन्। अध्यक्ष लिङ्देनले सामाजिक सञ्जाल मार्फत् नवगठित मधेस सरकारमा राप्रपाबाट मन्त्री बनेकी कञ्चन बिच्छालाई फिर्ता हुन निर्देशन दिएका हुन् ।

अध्यक्ष लिङ्देनले भनेका छन्, ‘मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो अनुशासनको गम्भीर उल्लंघन हो। राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ। अन्यथा विधानबमोजिम कारबाही हुने जानकारी गराउँछु।’


Facebook Comments