पूर्व आयुक्तहरूसँग छलफल गर्दै आयोग, राजनीतिक दललाई समेत बोलायो
निर्वाचनको तयारी ६० प्रतिशत सम्पन्न
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २४ गते २२:५५
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्दैछ ।
विगतको निर्वाचन अनुभव, शान्ति सुरक्षा र राजनीतिक दलहरूसँगको समन्वय लगायतका विषयमा परामर्श गर्न यो छलफल आयोजना गरिएको आयोगले जनाएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचन तयारीको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ र बाँकी काम तीव्र गतिमा अगाडि बढिरहेको छ ।
आयोगले चुनावका लागि आवश्यक पर्ने ७९ प्रकारका सामग्रीहरूको सूची तयार पारेको छ । यीमध्ये १४ प्रकारका वस्तु खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।
निर्वाचनका लागि मतपेटिका, मार्कर पेन, पित्तलको स्वस्तिक चिह्न छाप, स्ट्याम्प प्याड, लाहा छाप, कागजपत्र, फारम लगायतका सामग्रीहरूको खरिद प्रक्रिया सुरु गरिएको छ ।
आयोगले यसअघि नै राजनीतिक दलहरूसँग छलफल गरिसकेको छ र मतदाता नामावलीमा नाम छुटेका नागरिकलाई दर्ता गर्न प्रचारप्रसार गरिदिन सबै सरोकारवालालाई आग्रह गरेको छ ।
Facebook Comments