सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २४ गते २१:५९
Image of https://mayorsap.com/storage/photos/shares/goldjpg1600838423.jpg

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेर कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको हो । 

त्यसैगरी चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो । 

 

 


Facebook Comments