मधेस प्रदेश प्रमुखको कार्यकक्ष र मुख्यमन्त्री कार्यालयमा तोडफोड
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २४ गते ००:१५
काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालय र प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड भएको छ । मधेसका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् ।
उनीहरुले नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध नाराबाजीसहित तोडफोड गरेका छन् ।
उनीहरुले प्रदेश गृह, सञ्चार तथा कानुनलगायतनका मन्त्रालयमा पनि तालाबान्दी गरेका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले प्रदेश प्रमुखको कार्यकक्षमा समेत तोडफोड गरेका छन् । प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड सहितका गमलाहरू समेत तोडफोड गरिएको छ । उनीहरू प्रदेश प्रमुख कार्यालय अगाडि नाराबाजी जारी राखेका छन् ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् ।
Facebook Comments